काठमाडौं । आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल ।
मेष
धार्मिक र सांस्कृतिक क्रियाकलापहरूमा सहभागी भइएला। हतार नगरी प्राथमिकताका काममा जोड दिनु उपयुक्त रहनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा गुरुजनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
साझेदारी व्यापारमा लाभ हुनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ। काममा नेतृत्व क्षमता देखिनेछ। नयाँ सम्झौताहरूले भविष्यमा लाभ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह
संवाद मजबुत रहनेछ। सन्तानको प्रगतिलाई लिएर मनमा चिन्ता रहनेछ। प्रेम सम्बन्धमा मजबुती आउनेछ। आजको शुभ रंग साही आकाशी हो भने शुभ अंक ४ रहेको छ।
तुला
राजनीतिक क्षेत्रमा सकारात्मक छवि निर्माण गर्न सकिन्छ। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
धनु
प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। कुनै कुराको पूर्णताले मनमा शान्ति छाउनेछ। साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
आर्थिक पक्ष सबल रहनेछ भने लाभका नयाँ स्रोतहरू निर्माण गर्न सकिनेछ। सम्बन्धमा गहिरो समझदारीको विकास हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
बृष
खानपिनमा ध्यान दिनुहोस्। आफन्तहरूको साथ नमिल्नाले मनोबलमा कमी आउनेछ। आध्यात्मिक ज्ञानमा विकास हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
योजनाहरू सफल रहनेछन्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आर्थिक मुद्दा मामिलाहरूमा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
प्रियजनको साथले दिन उत्साहवर्धक रहनेछ। कानुनी मुद्दा मामलाहरू सुल्झिने छन्। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
भौतिक साधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा जोडिएर आफ्नो प्रतिभालाई प्रदर्शित गर्ने अवसर पाइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मकर
अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारलाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। शत्रुहरूको सक्रियता बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
मीन
नयाँ कामको जग बसाउने अवसर रहेको छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। गृहणीहरूको घरायसी कामकाजमा धेरै समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।