Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

झापा बसाई सकेर हेलिकप्टरमार्फत काठमाडौं आउन लागेका पूर्वराजा शाहको स्वागतका लागि प्रसाईँ विमानस्थल पुगेका हुन् ।

त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म ज्ञानेन्द्रलाई भव्य स्वागत गर्ने तयारी गरिएसँगै हुनसक्ने सुरक्षा चुनौतीलाई लिएर सरकारले विमानस्थल परिसरमा निषेधाज्ञा समेत जारी गरेको छ ।

तर राजावादी दलका कार्यकर्ता र ज्ञानेन्द्रका समर्थकहरु समेत विमानस्थल परिसरमा जम्मा भएका छन्
प्रसाईँ समर्थकहरूलाई बाहिरै राखेर आफू मात्रै भित्र प्रवेश गरेको स्रोतले जनाइएको छ। 

यद्यपि विमानस्थलदेखि गन्तव्य स्थलसम्मको मार्गमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने काठमाडौंका विभिन्न चोक-चोकमा पनि सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र चार महिनाअघि पारिवारिक भेटघाटका लागि झापा पुगेका थिए । आज झापाबाट काठमाडौंका लागि कैलाश  एयरको हेलिकप्टर चढिसकेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077