Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारी बनाएको दाबी

किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारी बनाएको दाबी

शुक्रवार , फाल्गुण १, २०८२

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी १३ वर्षीया छोरी किम जू ऐलाई उत्तराधिकारीका रूपमा चयन गरेको दाबी गरिएको छ। दक्षिण कोरियाको गुप्तचर निकायले बिहीबार सांसदहरूलाई ब्रिफिङ गर्दै यस्तो मूल्यांकन प्रस्तुत गरेको हो ।

दक्षिण कोरियाको नेशनल इण्टेलिजेन्स सर्भिसले किम जू ऐको पछिल्लो समय बढ्दो सार्वजनिक उपस्थितिलाई आधार मान्दै उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेर्न थालिएको जनाएको छ।

पछिल्ला महिनाहरूमा जू ऐ विभिन्न ठूला राष्ट्रिय तथा सैन्य कार्यक्रमहरूमा आफ्ना बुवा किम जोंग उनसँगै निरन्तर देखिँदै आएकी छन्।

यसैगरी, सेप्टेम्बरमा चीनको बेइजिङ भ्रमणका क्रममा पनि जू ऐ किम जोंग उनसँगै देखिएकी थिइन्। उक्त भ्रमणलाई उनको पहिलो सार्वजनिक रूपमा जानकारीमा आएको विदेश यात्रा मानिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077