Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किम जोङ र छोरीबाट नयाँ पेस्तोल परीक्षण

किम जोङ र छोरीबाट नयाँ पेस्तोल परीक्षण

बिहिवार , फाल्गुण २८, २०८२

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ पेस्तोलको परीक्षण गरेका छन्। 

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा किम जोङलेपेस्तोलको परीक्षण गरेका हुन् 

हालै उत्पादनमा प्रवेश गरेको नयाँ पेस्तोलको प्रदर्शन गरिएपछि उनले शुटिङ रेन्जमा त्यसको प्रत्यक्ष परीक्षण गरेका थिए। परीक्षणपछि उक्त पेस्तोललाई उनले ‘उत्कृष्ट’ भन्दै मूल्यांकन गरेका छन् ।

साथै किमले कारखानाको भूमिका सेनादेखि सुरक्षा निकायसम्मका लागि पेस्तोल तथा अन्य हल्का हतियार आपूर्ति गर्न महत्त्वपूर्ण रहेको बताउँदै उत्पादन क्षमता विस्तार गर्न र थप आधुनिक उत्पादन लाइन स्थापना गर्न निर्देशन दिएका छन् ।

समाचार एजेन्सीले आफ्नो लिखित विवरणमा किमकी छोरीको उपस्थितिबारे उल्लेख नगरे पनि किमसंगैका सार्वजनिक तस्बिरहरूमा किमकी छोरी किम जु ए पनि वरिष्ठ सैन्य अधिकारीहरूसँगै पेस्तोल फायर गरिरहेको देखिन्छ ।

यसअघि मंगलबार पनि पेस्तोल कारखानाको निरीक्षणपछि किम र उनकी छोरीले नौसेनाको विध्वंसक जहाजबाट प्रक्षेपण गरिएको आणविक क्षमता भएको क्रुज मिसाइल परीक्षण पनि अवलोकन गरेकी थिइन् ।

गत महिना पनि राज्य सञ्चारमाध्यमले किम जु एलाई स्नाइपर राइफल परीक्षण कार्यक्रममा सहभागी भएको देखाएका थिए । 

किमकी छोरी किम जु ए सन् २०२२ नोभेम्बरमा गरिएको लामो दूरीको मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसयता उनी आफ्ना बुबासँग विभिन्न सैन्य कार्यक्रम, कारखाना उद्घाटन र उच्चस्तरीय कूटनीतिक भेटघाटमा निरन्तर देखिँदै आएकी छन् ।

योसंगै दक्षिण कोरियाली गुप्तचर अधिकारी र विश्लेषकहरूले किमले छोरीलाई भविष्यको नेतृत्वका लागि तयार पारिरहेको हुन सक्ने अनुमान गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077