Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाइन र फाइलको हैरानी अन्त्य गर्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक छ : गगन थापा

लाइन र फाइलको हैरानी अन्त्य गर्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक छ : गगन थापा

बुधवार , माघ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्दै आएको झन्झट अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले सरकारी सेवा लिन नागरिकले कहिले घण्टौँ लाइनमा उभिनुपर्ने, कहिले फाइल एक कार्यालयबाट अर्को कार्यालय घुमिरहँदा काममा अनावश्यक ढिलाइ हुने अवस्थाले जनतामा निराशा बढेको बताए ।

उनले भने, 'हामीलाई ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ चाहिएको छ। सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन अब शासनको शैली र तरिका परिवर्तन गर्नैपर्छ।'

उनका अनुसार ‘डिजिटल गभर्नेन्स’मार्फत सरकारी सेवा प्रवाह प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सकिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077