Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज माघ २८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज माघ २८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , माघ २८, २०८२

काठमाडौं । आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल ।

मेष

आत्मबल र मनोबलमा वृद्धी हुनेछ। गोप्य योजना वा रणनीति बनाउने समय मिल्न सक्छ। आवेगमा प्रतिक्रिया दिँदा विवाद बढ्न सक्छ संयम अपनाउनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

कामप्रति ध्यान केन्द्रित हुने अवस्था रहेको छ। नयाँ जिम्मेवारीले क्षमता प्रदर्शन गर्ने मौका दिन सक्छ। अत्यधिक चिन्ताले मन अस्थिर बनाउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

घरपरिवार र निजी जीवनमा ध्यान जाने समय रहेको छ। आत्मिक स्थिरताले आत्मविश्वास बढाउन सहयोग गर्नेछ। अहंकारले पारिवारिक सम्बन्ध बिगार्न सक्छ नम्र रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

तुला

आर्थिक योजना र स्रोत व्यवस्थापनमा ध्यान जानेछ। व्यवस्थित सोचले स्थायित्व ल्याउने सम्भावना होला। अनावश्यक खर्चले तनाव बढाउन सक्छ, नियन्त्रण गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

भित्री सोच र आत्मविश्लेषण गर्ने अवस्था बन्नेछ। पुराना अनुभवबाट सिक्ने अवसर मिल्नेछ। एकान्त मनोभावले उदासी ल्याउन सक्छ, सकारात्मक रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कार्य क्षेत्र वा प्रतिष्ठामा ध्यान जाने दिन बन्नेछ। दूरदर्शी सोचले उपलब्धि दिलाउने सम्भावना होला। अहंकारले सहकार्य कमजोर बनाउन सक्छ, नम्रता अपनाउनुहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

बृष

सम्बन्धमा गहिरो समझदारीको विकास हुनेछ। साझेदारी कामले राम्रो परिणाम ल्याउने सम्भावना रहेको छ। जिद्दी स्वभावले दूरी बढाउन सक्छ सचेत रहनुहोस्।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

भावनात्मक सम्बन्धमा गहिरो नजिकपन महसुस हुनेछ। सिर्जनात्मक वा कलात्मक कार्यमा रुचि बढ्नेछ। अति संवेदनशील व्यवहारले कमजोरी देखाउन सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कन्या

संवाद र अभिव्यक्तिमा प्रभावकारी बन्ने अवसर मिल्नेछ। नयाँ जानकारीले सोच विस्तार गर्ने सम्भावना रहनेछ। बोलीमा कठोरता आए सम्बन्ध कमजोर बन्न सक्छ मिठास राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक

चन्द्रमाको प्रभावले आत्मविश्वास र आकर्षण बढ्नेछ। नयाँ सुरुवात वा व्यक्तिगत योजना अघि बढाउन प्रेरणा मिल्न सक्छ। अत्यधिक गोपनीयताले सम्बन्धमा दूरी ल्याउन सक्छ, खुलापन राख्नुहोला। आजको लागि शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मकर

मित्रता र सामाजिक सहयोग बलियो बन्ने सम्भावना छ। समूहगत योजना सफल बन्ने संकेत देखिएको छ। अविश्वासले सम्बन्ध कमजोर बनाउन सक्छ भरोसा राख्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

नयाँ ज्ञान र अनुभवले सोच गहिरो बन्न सक्छ। आध्यात्मिक वा अध्ययनतर्फ आकर्षण बढ्नेछ। अविश्वसनीय जानकारीले भ्रम ल्याउन सक्छ, सत्यता जाँच गर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077