रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
जिल्ला ट्राफिक कार्यालय रामेछापले दिएको जानकारी अनुसार मृतकको संख्या १० पुगेको हो ।
यसअघि ६ जनाको शव फेला परेकोमा बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेका छन् ।
यस्तै घाइतेको संख्या पनि ८ पुगेको छ। प्रहरीका अनुसार उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।