Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामेछाप बस दुर्घटना अपडेट: मुत्यु हुनेको संख्या ६ पुग्यो, उद्धारका लागि सशस्त्रको गोताखोर परिचालन

रामेछाप बस दुर्घटना अपडेट: मुत्यु हुनेको संख्या ६ पुग्यो, उद्धारका लागि सशस्त्रको गोताखोर परिचालन

मंगलवार , माघ २७, २०८२

 रामेछाप। काठमाडौबाट ओखलढुंगाको लागि छुटेको बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान करिब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जनाको घाईते अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन् भने उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ । 

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट १० जना गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

यात्रुवाहक बसमा कति जना सवार थिए भने यकिन भइसकेको छैन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077