Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु

मंगलवार , माघ २७, २०८२

रामेछाप। काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिकाको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको हो ।

बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उपचारका लागि पठाइएको उद्धारमा संलग्न एकजना प्रहरीले बताए । 

यस्तै बसमा कति यात्रु सवार थिए भन्ने कुरा यकिन नभएको र अहिले स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077