Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आइतवार , माघ २५, २०८२

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार आइतबार बिहान करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले आक्रमण गरेपछि घरबाट भाग्ने क्रममा उनकी आमा ५५ वर्षीया पार्वती साउद र छोरी ६ वर्षीया रोजिना साउद घाइते भएको खबर स्थानीयले प्रहरीलाई दिएका थिए ।

प्रहरीले घाइते दुवै जनालाई टीएन्डसी अस्पतालमा सामान्य उपचार गरिएको जनाएको छ ।

थप उपचारका लागि धनगढी रिफर गरिएकोमा बिहान सवा ६ बजेतिर ६ वर्षीया रोजना साउदको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077