मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरे रहेका छन् ।
घिमिरेलाई दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारकर्मी कृष्णचन्द्र सुबेदीले जानकारी दिए।
स्थानीयका अनुसार घिमिरेलाई आक्रमण गरेपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको छ।