Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'सर्वेन्द्रले देश जोगाउन सक्छन, उनी मधेसी जनताका असली हकदार हुन्'

'सर्वेन्द्रले देश जोगाउन सक्छन, उनी मधेसी जनताका असली हकदार हुन्'

शनिवार , माघ २४, २०८२

हाम्रो मातृभुमि नेपालमा चुनाव नजिकै आइरहेको र यो चुनाव देश जलाउने र देश बनाउनेहरु बीचको लडाई भएको तथ्यलाई मध्यनजर गर्दै मैले चाहीँ देश जलाउनेहरुबाट देश जोगाउन सक्ने एक सय एक जनालाई समर्थन गर्ने र उनीहरुको पक्षमा मत माग्ने छु ।

यसो गर्दै गर्दा म कुनै दल विशेषलाइ नभई उम्मेदवारको व्यक्तित्व र ट्रयाक रेकर्डलाई मात्रै आधार बनाउने छु ।

त्यसैले त्यही एक सय एक मध्ये थप एकको लागि बारा जिल्ला क्षेत्र नम्बर ४ बाट बाँसुरी चिन्ह लिएर उठनु भएका श्रद्धय सर्वेन्द्र खनाललाई अत्याधिक मत सहित विजय गराउन बारा-४ का आदरणीय मतदाताहरु समक्ष अनुरोध गर्छु ।

यसकारण सर्वेन्द्र रोजाइमा :

१. सांसद भनेको कानुन निर्माण गर्नु पर्ने दाइत्व भएको पद हो । त्यसैले लामो समय कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय नेपाल प्रहरीको विभिन्न तहमा काम गरेको मात्रै नभई नेतृत्व नै गरेको व्यक्ति हुनाले जनताको हक हित रक्षा गर्न के कस्ता कानुन चाहिन्छ भन्ने विषयमा सबै भन्दा ज्याँदा ज्ञान भएको सम्भवत एक मात्रै भएकोले, 

२. प्रहरीमा जागिर खाए देखि त्यसको प्रमुख हुँदा सम्म मधेशका जनता भनेका देशको सिमा सुरक्षाको असली पहेरेदार हुन, नेपाली राष्ट्रियता जगेर्ना गर्ने वर्दी विहिन रक्षक हुन भन्ने मान्ने व्यक्ति भएको हुँदा मधेशी जनताको मतको असली हकदार भएकोले,

३. सामन्ती सोच राखेर मधेशी जनतालाइ कम आँक्ने, झन सुरक्षा निकायमा त मधेशीहरुलाइ अवसर नै दिन नचाहने सोचलाई दुतकार्दै, मधेशीको वफादार हुन्छन् भन्ने सत्य मनन गर्दै प्रहरी प्रमुख हुँदा मधेशका सपुतहरुलाई आफ्नो बडीगार्ड देखि विश्वास गर्ने पंक्तिमा सामेल गरेको देखेको हुनाले मधेशी जनताको माया सम्मान र साथको उहाँ हकदार हो भन्ने मानेकोले,

४. बारा मात्रै नभई सिंगो मधेशको रहन सहन खानपान उहाँको निम्ती वाध्यता नभई उहाँले त्यसलाई छनोट गर्दै आउनु भएकोले पनि बारा ४ ले उहाँमा एक असल मित्र पनि पाउने हुनाले, 

५. कहाँ कसरी जनतालाइ न्याय दिनुपर्छ भन्ने जानेको र जनतालाइ अन्याय गर्न सक्ने ठाउँ कहाँ हुनसक्छ र अन्याय गर्नेहरु को र कस्ता हुन्छन भन्ने  पहिचान गर्दै अन्याय गर्नेलाई दण्ड र जनतालाइ न्याय सुनिश्चित गर्न सक्ने खुवी भएकोले बारा जिल्ला बाट निर्वाचित भएर गृह मन्त्री बन्ने पहिलो माननीय हुने प्रवल सम्भावना भएकोले । 

अतः उल्लेखित बाहेक अरु थुप्रै योग्यता, क्षमता र विशेषता भएका सर्वेन्द्र खनाललाई बाँसुरी चिन्ह मा छाप लगाई विजयी गराउनु हुन बारा जिल्ला क्षेत्र नम्बर ४ का तमाम आमा बुवा दाजु भाइ दिदि वहिनीहरुलाइ हार्दिक अनुरोध छ ।

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खनालले आफ्नो चुनाव चिह्न ‘बाँसुरी’ मार्फत शुद्ध, समन्वयकारी र परिणाममुखी राजनीतिक अभ्यासको प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077