Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ज्यू, कमसेकम तपाईंले प्रहरीलाई अन्याय नगरिदिनुस् !

प्रधानमन्त्री ज्यू, कमसेकम तपाईंले प्रहरीलाई अन्याय नगरिदिनुस् !

बिहिवार , कार्तिक २०, २०८२

श्रीमान् सुशीला कार्कीज्यू ! आज परिस्थितिजन्य बाध्यताले तपाईँ प्रधानमन्त्री हुनुहुन्छ तर आम नेपाली जस्तै म एक प्रवासी नेपाली पनि तपाईँलाई एक सच्चा न्यायमूर्ति मान्दछु ।

हो यहाँको त्यही स्थापित व्यक्तित्व र न्यायिक मनलाई सम्झेर आज म लेख्दै छु कि नेपाल प्रहरीमा नयाँ नेतृत्व छनोटको निर्णय हुँदै गर्दा बजारमा अनेकन आशंका र हल्लाहरू छन् ।

हुन त विगतमा राजनीतिक दलको भ्रष्टहरूले कतिपय अवस्थामा अनेकन चलखेल गर्दै निर्णय लिएको जस्तो त पक्कै नहोला तर पनि यहाँ स्वयमले प्रतिपादन गरेको सिद्धान्तको वार्खिलाफ हुने गरेर आईजीपी नियुक्ति हुने हल्ला आइरहेका छन् ।

आशा छ नेपाली चर्चित गीत “यी हल्लाहरू हुन तिमिले सुनेका...” भने जस्तै प्रहरी प्रमुख छनोटका विषयमा आइरहेका चलखेल गुटबन्दी र कोठे मिटिङका कुराहरू हल्ला नै साबित हुन ।

प्रहरीमा वरिष्ठतालाई नजर अन्दाज गर्न मिल्दैन र पाइन्न भन्ने मात्रै नभई त्यसो गर्दै गरिएको बढुवा उल्टाउने सम्म काम गर्ने साहस गरेको श्रीमान् सुशीला कार्कीज्यू बिना कुनै कारण विद्धान वरियता मिच्ने काम हुँदै नहोस् ।

विद्धान वरियतामा अग्रस्थानमा रहेकालाई कुनै गम्भीर कसुर लागेको र प्रमाणित भएको हकमा बाहेक उसलाई बढुवा नदिने भन्ने हुँदै हुँदैन र यदि त्यस्तो केही भए रहेमा त्यसपछि दोस्रो अनि त्यसमा पनि खोट भए तेस्रो हुँदै जानु पर्ने हुन्छ ।

अहिले प्रतिस्पर्धामा रहेका मध्य कोही कसै माथि कुनै संगिन आरोप लागेको र प्रमाणित नभएको अवस्थामा विधि अनुसार प्रहरी प्रमुख छनोट गर्दै अरूलाई सुरक्षा र न्याय दिने प्रहरीलाई न्याय गरिदिनु होला भन्ने विनम्र अनुरोध छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077