Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गरिने

प्रतिनिधिसभा निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गरिने

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

माघ २३ गते मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औं डीआईजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार बैठकमा सीमा सुरक्षासँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकमा सूचनाको आदानप्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण लगायत विषयमा विशेष चर्चा गरिएको उनले बताए ।

उनका अनुसार सीमा स्तम्भ संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

यसैगरी सीमा क्षेत्रका सम्भावित जोखिमयुक्त नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी तथा आप्रवासी गतिविधिमा निगरानी बढाउने र विभिन्न तहमा प्रहरी जाँच तथा ब्यारिकेड स्थापना गर्ने निर्णयसमेत गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077