Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो - चुनावका लागि चन्दा उठाउन पाइँदैन

निर्वाचन आयोगले भन्यो - चुनावका लागि चन्दा उठाउन पाइँदैन

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुक र समर्थकबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको सीमाभित्र रहेर प्रचारप्रसारका लागि सहयोग संकलन गर्न कुनै रोकतोक नरहेको बताएका हुन् ।

तर आयोगले कसैलाई निश्चित रकम तोकेर चन्दा माग्न नपाइने स्पष्ट निर्देशन दिएको छ । प्रवक्ता भट्टराईका अनुसार उमेदवार वा दलले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ ।

उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने पनि उनले प्रष्ट पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077