Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबार ओमानमा इरान–अमेरिकाबीच आणविक वार्ता

शुक्रबार ओमानमा इरान–अमेरिकाबीच आणविक वार्ता

बिहिवार , माघ २२, २०८२

एजेन्सी । इरान र अमेरिकाबीचको बहुप्रतीक्षित आणविक वार्ता यसै हप्ता ओमानमा हुने भएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान र अमेरिकाबीचको आणविक वार्ता शुक्रबार ओमानको राजधानी मस्कटमा हुने पुष्टि गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार अराघचीले बुधबार राति सामाजिक सञ्जालमार्फत वार्ताको जानकारी दिए ।

उनले लेखेका छन्, ‘सबै आवश्यक व्यवस्था मिलाइदिएकोमा हाम्रा ओमानी दाजुभाइप्रति म आभारी छु।’

यसअघि वार्ताको स्थान र ढाँचाबारे सहमति नजुट्दा बैठक अनिश्चित बनेको खबर सार्वजनिक भएका थिए। सुरुमा वार्ता टर्कीमा हुने भनिए पनि अन्ततः अमेरिका इरानसँग ओमानमै उच्चस्तरीय वार्तामा सहभागी हुन तयार भएको हो।

यसअघि पनि ओमानमै दुई देशका अधिकारीहरूबीच आणविक सम्झौताबारे छलफल भएको थियो। तर, इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि वार्ता प्रक्रिया बिथोलिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077