काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा पुगेकी छन्।
राष्ट्रिय सभाको चालु अधिवेशनमा सम्बोधन गर्न प्रधानमन्त्री कार्की पहिलो पटक राष्ट्रिय सभा बैठकमा पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल क्रममा उठेको प्रश्नमा सरकारका तर्फबाट जबाफ दिने छिन्।
साथैप्रधानमन्त्री कार्कीले समसामयिक राष्ट्रिय विषय तथा सरकारका प्राथमिकताबारे राष्ट्रिय सभालाई जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।