Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको भेटवार्ता

बुधवार , माघ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले बुधबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी हित, सहकार्य र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले असामान्य राजनीतिक परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनुपरेको उल्लेख गर्दै मुलुक विस्तारै सामान्य अवस्थामा फर्किँदै गएको र अब निर्वाचनतर्फ केन्द्रित भएको बताइन् ।

उनले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनप्रति आभार व्यक्त गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस अवसरमा नर्वेली राजदूत मियोसले नेपालको प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीको नेतृत्वलाई स्वागतयोग्य भएको बताउँदै आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077