काठमाडौं । आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल ।
मेष
आज अनावश्यक खर्च र दौडधुप हुन सक्छ। मनले विश्राम खोज्न सक्छ त्यसैले आफूलाई अलि समय दिनु राम्रो। हतारमा निर्णय गर्दा पछि असजिलो हुन सक्छ। आजके शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
मिथुन
पुराना कुरा सम्झेर मन अशान्त हुन सक्छ। ठूला निर्णय लिदा केही समय आफुलाई प्रदान गर्नु राम्रो। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
आज यहाँहरूको लागि कामकाज र जिम्मेवारी मुख्य विषय बन्न सक्छ। मेहनत अनुसार मूल्यांकन हुने सम्भावना छ। अहंकार भन्दा समझदारी अपनाउँदा लाभ हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।
तुला
गोप्य कुरा वा संवेदनशील विषय अगाडि आउन सक्छ सचेत रहनुहोस्। स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक देखिन्छ। जोखिमयुक्त कार्यलाई टार्नु र त्यसबाट टाढा रहनु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
धनु
दैनिक कामको चाप महसुस हुन सक्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। मेहनत गरे अनुसारको प्रतिफल मिल्ने योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
घर परिवारसँग सम्बन्धित कुराले खटपट पर्न सक्छ। शान्त र धैर्यताको पालना गर्नुपर्ने समय रहेको छ। नम्र भएर रहनुहोला। दीर्घकालीन निर्णय आज नगर्नु राम्रो रहला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
बृष
आजको दिन मनोबल उच्च रहनेछ। काम, सोच र व्यवहारमा नयाँ सुरुवात हुन्छ। आफ्नो कुरा स्पष्ट राख्दा सकारात्मक प्रतिक्रिया पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
कर्कट
आज यहाँहरूको लागि मित्रता र सहकार्यबाट फाइदा हुने संकेत छ। समूहमा गरिएको कामले राम्रो नतिजा दिन सक्छ। आशा र उत्साह दुवै बढ्ने दिन हो।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या
कुनै पनि कार्य गर्दा सोच फराकिलो रहनेछ। नयाँ कुरा सिक्ने वा फरक दृष्टिकोण अपनाउने अवसर आउन सक्छ। हतार नगरी अघि बढ्दा राम्रो अनुभव हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
सकारात्मक सोचको साथमा नयाँ कार्य प्रारम्भ हुनेछ। आपसी समझदारीले अड्किएको काम अघि बढ्न सक्छ। कुरा स्पष्ट राख्दा लाभ हुनेछ।आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
मकर
सिर्जनशीलता र रुचिका विषय अघि बढ्नेछन्। कामबाट आराम मिल्नेछ। खानपानमा विषेश ध्यान राख्नुहोला। बाटो काट्दा र यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन
दूरसञ्चार र इन्टरनेटको माध्यमबाट टाढा बसेका आत्मीयजनसंग भलाकुसारी हुनेछ। कुरा गर्दा सही शब्दको चयन गर्नुहोस्। साथीहरुको साथ र सहयोगले काम सहज बन्नेछ। छोटो यात्रा वा छलफलबाट फाइदा हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।