Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगद्वारा बालेन साहसँग लिखित स्पष्टीकरण माग

निर्वाचन आयोगद्वारा बालेन साहसँग लिखित स्पष्टीकरण माग

मंगलवार , माघ १३, २०८२

काठमाडौं । निर्वाचन आयोगले झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह ‘बालेन’ शाहसँग स्पष्टीकरण माग गरेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पोस्टमा बालेन साहले गरेको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै उजुरी परेपछि आयोगले लिखित स्पष्टीकरण सोधेको हो ।

आयोगका अनुसार सामाजिक सञ्जालमार्फत गरिएको उक्त टिप्पणीले निर्वाचनको स्वच्छता र मर्यादामा असर पार्न सक्ने देखिएपछि उम्मेदवार शाहसँग स्पष्ट जवाफ मागिएको छ ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि बालेन साह र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै उम्मेदवार रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077