Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोर टीम सदस्य भूपदेव र केपीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाँदै बालेन

कोर टीम सदस्य भूपदेव र केपीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाँदै बालेन

आइतवार , माघ ११, २०८२

काठमाडौं । आफ्नो निर्वाचन क्षेत्र झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ पार्टीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाने भएका छन् ।

चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । उनी सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ ।

सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनालले कैलाली २ बाट उम्मेदवारी दिएका छन् ।

बालेन यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम जान लागेको बुझिएको छ ।

झापामा रहँदा उनी विवादमा तानिएका थिए । झापामा उनले चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो । यद्यपी बालेनले उक्त गाडी त्यहीँ नै छोडेर आएका छन् । बालेनलाई महंगो लक्जरियस गाडी एक व्यवसायीले दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077