काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङले आफ्नो राजनीतिक जीवनलाई लिएर पाथिभरा मातासँग गरेको भाकल सार्वजनिक गर्दै बालेन शाह लक्षित कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पाथिभरा मातालाई मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस् भनेको बताए ।
साम्पाङले भने, 'मैले पाथिभरा मातालाई भाकेर भनेको छु— मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्।'
उनको स्टाटसको रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ इंगित छ । साम्पाङले प्रश्न गरेका छन्— 'सिंहदरबार खरानी बनाउनेहरूले चाहिँ के मागेछन् ? जनता जान्न चाहन्छन् ।'
शुक्रबार मात्रै झापा-५ का उम्मेदवारसमेत रहेका बनलेनले पाथिभरा माताको दर्शन गरेका थिए । उनको यो टिप्पणीलाई बालेनतर्फ संकेत गरिएको रूपमा समेत हेरिएको छ ।