Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज माघ ९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज माघ ९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल ।

मेष

काम र धनमा प्रगति हुनेछ। प्रेम र पारिवारिक साथ राम्रो रहनेछ।स्वास्थ्य बलियो हुनुका साथै आत्मविश्वास बढ्नेछ। आज समग्रमा राम्रो फलदायी समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

धन आउँने र जाने क्रम बराबर हुनेछ। प्रेममा रमाइलो समय व्यतीत हुनेछ तर प्रेमीको तर्फ पनि ध्यान दिनुहोला। कामलाई लिएर भेटघाट फाइदाजनक हुनेछ।आज मिश्रित फलदायी दिन रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

काममा सफलता मिल्ने योग छ। धन र मानसम्मानमा वृद्धी हुनेछ । प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। आजको दिन समग्रमा राम्रो फलदायी रहेको छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

तुला

धन लाभ हुने समय रहेको छ। प्रेम र खुशी मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। काममा सिर्जनशील सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

काममा नयाँ अवसरहरूको प्राप्तिको योग छ। धन आर्जनमा सुधार हुनेछ। प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। कुनै पनि विषयमा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। प्रेममा आकर्षण र भावनात्मक निकटता हुनेछ। स्वास्थ्य र मनस्थिति बलियो हुनेछ। मनोबलमा वृद्धी हुनेछ। आजको शुभ रंग आकाशी निलो हो भने शुभ अंक १ रहेको छ।

बृष

काम स्थिर रहनेछ साथै आम्दानी ठीक हुनेछ। प्रेममा भरोसा र शान्ति मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ। बाटो काट्दा र यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

काममा ढिलासुस्ति हुनसक्छ धैर्य राख्नुहोला। सञ्चित धन खर्च हुनसक्छ। प्रेममा भावुक भएपनि प्रेमील समयले आनन्द दिनेछ। स्वास्थ्य कमजोर रहला तसर्थ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

काममा ध्यान लगाएर मात्र सुरुवात गर्नुहोला। धनमा आम्दानी सामान्य रहनेछ। प्रेममा साना कुरामा खटपट हुनसक्छ ध्यान दिनुहोला। स्वास्थ्य सवल रहनेछ।आज कार्यक्षेत्रमा मिश्रित फल प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

काममा सावधानी अपनाउनुहोला। धन अड्किन सक्छ लगानीगर्दा ध्यान दिनुहोस्। प्रेममा शंका होला साथै मन भारी होला सकेसम्म शंका रहित रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मकर

काममा मेहनत धेरै गरेपश्चात मात्र सफलता प्राप्ति होला । धन कमाउनमा ढिलाई भएपनि दिगो बचत हुनेछ। प्रेममा दूरी रहेपनि सम्बन्धमा मिठास हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

धन खर्च गर्दा सोचविचार पूर्वक गर्नुहोला। प्रेममा भावुकपना धेरै हुनसक्छ। स्वास्थ्य कमजोर हुनसक्ने संकेत भएकाले खानपानमा ध्यान दिनुहोला। काममा अल्छीपनालाई परै राख्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077