Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रमुख मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , माघ ८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत सहित सात जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरीरगराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

जसमान तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, अधिकृत अशोककुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, साविक बेतहनी गा।वि।स।का तत्कालीन सचिव मानबहादुर बोगटी, नायब सुब्बा कर्णबहादुर पुन, लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मी रहेका छन् ।

साविक बेतहनी गाविस ४ मा रहेको स्वर्गीय सुरता कुर्मीको नामको जग्गा हकवाला कोही नभएकाले ९अपुताली० प्रचलित कानूनअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने मा आपसी मिलेमतोमा उक्त जग्गा लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीको नाममा नामसारी गरी हानीनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ ।

जिल्ला उच्च हुँदै सर्वोच्च अदालतले समेत उक्त जग्गामा दाबी गर्नेहरूको हक नपुग्ने र त्यो अपुताली जग्गा भएको अन्तिम फैसला गरिसकेको थियो । अदालतको सो फैसलालाई समेत बेवास्ता गर्दै झूटो फिल्ड मुचुल्का र गाविसको सिफारिस बनाइ निजी बनाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले मुख्य अभियुक्तका केसीसँग २२ लाख ४२ हजार ७२० रूपैयाँ, मालपोत अधिकृत भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ बिगो दाबी गरेको छ।

malpot

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077