Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन विषयबारे छलफल

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन विषयबारे छलफल

बुधवार , माघ ७, २०८२

काठमाडौं । निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ।

कार्यक्रममा आसन्न निर्वाचनलाई बाधा पुर्‍याउन सक्ने कुनै पनि आपराधिक गतिविधि नियन्त्रणमा ल्याउने र कानुनी दायरामा राख्ने विषयमा वृहत छलफल गरिएको थियो।

साथै निर्वाचनलाई भयरहित, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गर्ने विषयमा केन्द्रित छलफल भएको आयोगले जनाएको छ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित निर्वाचन आयोगका अन्य पदाधिकारीहरूको उपस्थित रहेको थियो।

आयोगले निर्वाचन सुरक्षा सुनिश्चित गर्न विस्तृत रणनीति तयार पार्ने र कार्यान्वयनमा सम्बन्धित निकायलाई सक्रिय रूपमा संलग्न गराउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077