कञ्चनपुर। नेपाली कांग्रेसले रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै विरोध प्रर्दशन भएको छ ।
कञ्चनपुर–३ मा कांग्रेसका लेखक पक्षका कार्यकर्ताहरुले सभापति गगनकुमार थापा र उपसभापनि विश्वप्रकाश शर्मा र पुष्पा भुसालविरुद्ध प्रर्दशन भएको हो ।
लेखक योग्य रहँदारहँदै टिकट नदिइएको भन्दै आक्रोशित कार्यकर्ताहरुले गगन–विश्वप्रकाशको पुत्ला समेत जलाएका छन् ।
लेखक जस्तो नेता नपाउने भन्दै आफूहरुले सो निर्णय नमान्ने समेत चेतावनी दिएका छन् ।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि चौतर्फी आलोचना भएको भन्दै कांग्रेसले टिकट दिएको थिएन् । उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट कञ्चनपुर- २ का बासिन्दा हरिबहादुर बोहरालाई उम्मेदवार बनाइएको छ ।
बोहराले टिकट पाएपछि लेखकले आफु चुनाव लड्ने तयारीमा भएपनि कुनै खबर नै नगरि आफ्नो क्षेत्रबाट अरुलाई टिकट दिएको गुनासो गरेका छन् ।
गत चुनावमा यहाँबाट ७९ मा लेखक १२ हजार मतान्तरले विजयी भएका थिए ।
उता शेरबहादुर देउवालाई निर्वाचनबाट वञ्चित गरिएको भन्दै कैलाली क्षेत्र नं ४ बाट टिकट पाएका नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन् ।