काठमाडौं । हामी नेपालका संचालक सुदन गुरुङ रास्वपा प्रवेश गर्ने भएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूसहित बालेन्द्र शाह आज औपचारिक रुपमा रास्वपा प्रवेश गर्न लागेको जानकारी दिएका हुन् ।
आफूहरु पद, शक्ति वा व्यक्तिगत स्वार्थको लागि भन्दा पनि जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण आफूहरु पार्टी प्रवेश गर्न लागेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ ।'
गुरुङले यसअघि नै आफू गोरखा क्षेत्र नं १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक केहिबेरअघि भएको छ । बैठक सुरु हुनुपुर्व रास्वपाका सभापति रवि लामिछाने र आजै काठमाडौं महानगरको मेयरबाट राजिनामा दिएका वरिष्ठ नेता बालेनले पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका थिए ।
उक्त बैठकपछि आजै रास्वपा सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु जनकपुर जाँदैछन् ।