Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ

विश्वप्रकाश शर्मा भन्छन् - कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पार्टी रूपान्तरणको अभियानमा सभापति गगन थापालाई “कमान्डर”को भूमिकामा अघि सारिएको स्पष्ट पारेका छन् ।

कांग्रेसलाई बदल्ने ऐतिहासिक जिम्मेवारी थापालाई सुम्पिएको उल्लेख गर्दै शर्माले नेतृत्वसँगै संगठनको सामूहिक तयारी अपरिहार्य रहेको बताए ।

उपसभापतिमा निर्वाचित भएपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले भने, 'कांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ। कुनै पनि युद्धमा विजय हासिल गर्न कमान्डर दरिलो ढंगले उभिँदा पूरै सेना पनि उही तयारी र मनोविज्ञानका साथ उभिनुपर्छ।'

उनका अनुसार पार्टी रूपान्तरणका लागि नेतृत्व मात्र होइन, संगठनका सबै तह एकै दिशामा अघि बढ्नुपर्ने समय आएको छ।

शर्माले विशेष महाधिवेशनलाई कांग्रेसभित्रको लोकतान्त्रिक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गर्दै फरक मत र आपसी विमतिका बीच पनि विधि र प्रक्रियाबाट नयाँ नेतृत्व चयन भइरहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077