Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : सुरु भयो नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता

कांग्रेस विशेष महाधिवेशन : सुरु भयो नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता खुला गरिएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीले उम्मेदवारी दर्ता गर्न अनुमति दिएसँगै निर्वाचन समितिले औपचारिक सूचना जारी गर्दै मनोनयन प्रक्रिया सुरु गरेको हो। उमेदवारी दर्ताका लागि एक घण्टाको समय तोकिएको छ ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ताबाहेकका बाँकी सबै निर्वाचन तालिका बुधबारका लागि सारिएको छ। आज मनोनयन प्रक्रिया सम्पन्न भएपछि बाँकी निर्वाचन कार्यक्रम भोलिबाट कार्यान्वयनमा आउने छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077