Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी फुट्दैन, भृकुटीमण्डपको विशेष महाधिवेशन होइन : एनपी साउद

पार्टी फुट्दैन, भृकुटीमण्डपको विशेष महाधिवेशन होइन : एनपी साउद

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा भइरहेको कार्यक्रमलाई विशेष महाधिवेशन नभई ‘भेला मात्रै’ भएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता साउदले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा महामन्त्रीहरू स्वयं सहभागी रहेको स्मरण गराए।

उनका अनुसार नियमित महाधिवेशनको मिति तोक्ने बैठकमा महामन्त्रीद्वयको उपस्थितिमै निर्णय भएको थियो।

साउदले भने, ‘उहाँहरूकै सहभागितामा नियमित महाधिवेशनको कार्यतालिका ल्याइएको हो। त्यो महाधिवेशनको मिति तोक्ने बैठकमा पनि उहाँहरू हुनुहुन्थ्यो। त्यसैले नियमित महाधिवेशन स्थगित भएपछि उहाँहरूले बोलाउनुभएको कार्यक्रम भेला भन्दा बढी हुन सक्दैन।’

उनले महामन्त्रीहरू पार्टी फुटाउन नचाहनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै कांग्रेसको विधान र एकतालाई सम्मान गर्ने अपेक्षा व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077