Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भृकुटीमण्डपमा उम्मेदवारी दर्ताको काम हुँदै, सभापतिको लागि ३ जनाले लगे फाराम

भृकुटीमण्डपमा उम्मेदवारी दर्ताको काम हुँदै, सभापतिको लागि ३ जनाले लगे फाराम

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिले उम्मेदवारी दर्ताको काम चलिरहेको छ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आज चयनका लागि उम्मेदवारी दर्ता गर्न प्रतिनिधिले धमाधम फाराम लग्न थालेका छन्।

राति ९ बजेबाट सुरु हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ–आफ्नो दाबी अुनसार उम्मेदवारी दर्ता गरिरहेका हुन् ।

साँझ ५ बजेसम्मका लागि उम्मेदवारीको समय तोकेकोमा निर्वाचन समितिले समय थप गरिएको जनाएको छ।

अब उम्मेदवारी दर्ता गर्नको लागि ७ः३० बजेसम्म समय दिइएको छ। अहिलेसम्म सभापतिमा उम्मेदवारी दिनको लागि तीन जनाले लगेका छन्। यद्यपि, फारम बुझाइसकेपछि मात्रै ककसले उम्मेदवारी दिए भन्ने थाहा हुनेछ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सभपाति शेरबहादुर देउवाले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन् ।

विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न छलफल ‍डाकेको छ । छलफलमा पार्टी सभापित देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077