Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन अनुरोध

विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन अनुरोध

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन अनुरोध गरिएको छ ।

राष्ट्रपतिको सचिवालय ले चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर्वाचन समितिलाई नाम हटाउन आग्रह गरेको हो ।

विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको ४ हजार ६ सय ३८ मतदातामध्ये राष्ट्रपति पौडेलको नाम नाम ‘नेता’ को रुपमा दोस्रो नम्बरमा रहेको छ ।

१४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गर्दा सभापति शेरबहादुर देउवापछि पौडेलको नाम रहेको थियो । विशेष महाधिवेशनमा अघिल्लै महाधिवेशनका प्रतिनिधिहरुले मतदान गर्ने भएकाले पौडेलको नाम समेत समावेश भएको हो ।

आइतबारबाट भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन आज पनि बन्दसत्र चलिरहेको छ ।

निर्वाचन समितिले आज आज राति ९ बजेबाट भोलि बिहानको १ बजेसम्म मतदानको समय तोकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077