Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदाता नामावली सार्वजनिक, कुल ४६३८ मतदाता

कांग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदाता नामावली सार्वजनिक, कुल ४६३८ मतदाता

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा सार्वजनिक गरिएको मतदाता नामावली अनुसार १४औँ महाधिवेशनमा रहेका मध्ये मृत्यु भएका, पार्टी छाडेकाहरुको संख्या घटाएर नयाँ संख्या कायम गरिएको हो ।

जसअनुसार देशभरबाट आएका ४ हजार ६ सय ३८ मतदाता (महाधिवेशन प्रतिनिधि) कायम भएका छन् ।

कांग्रेसको विधान अनुसार विशेष महाधिवेशनमा अघिल्लो महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरु नै मतदाता हुनेछन् र नेतृत्व चयन गर्नेछन् ।

१४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता रहेका थिए ।

निर्वाचन समितिले एक सभापति, २–२ जना महामन्त्री र उपसभापति, ८ जना सहमहामन्त्रीसहित केन्द्रीय समिति चयन गर्नेछ ।

आजै राति ९ बजेबाट भोलि बिहानको राति १ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077