Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : ९ बजेबाट बन्दसत्र सुरु हुने

कांग्रेस विशेष महाधिवेशन : ९ बजेबाट बन्दसत्र सुरु हुने

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदैछ ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार स्थगित बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुन लागेको हो ।

उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजै बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077