Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

८ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ पनि फेरिए

८ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ पनि फेरिए

सोमवार , पौष २८, २०८२

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ८ जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पामा पदस्थापना गरिएको छ।

यस्तै मुकेश कुमार केशरीलाई बझाङ, भीमराज कोइरालालाई पाँचथर र कैलाश बहादुर ठकुराठीलाई दैलेखको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

त्यसैगरी नवराज बराललाई बाग्लुङ, भविश्वर घिमिरेलाई कपिलवस्तु र कृष्णप्रसाद गैह्रेललाई धनुषा जिल्ला प्रशासन कार्यालयमा पदस्थापना गरिएको छ ।

यसैगरी जनकराज पन्तलाई गृहमन्त्रालय वा मातहतका निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077