Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • गृहमन्त्रालयले भन्यो – गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्नू

    गृहमन्त्रालयले भन्यो – गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । सोमबार गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

    गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआइजी) दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिएका हुन् ।



    यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो ।



    प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

    त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार