Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्‍यो विज्ञको टोली

काठमाडौं । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।

राहदानी प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो । सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयले जनाएको छ ।

विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए ।

उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए । शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077