Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

आइतवार , पौष २७, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077