Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तरनिर्वाचन क्षेत्रबाट मतदान गर्ने व्यवस्था यसपटक पनि कार्यान्वयन भएन

अन्तरनिर्वाचन क्षेत्रबाट मतदान गर्ने व्यवस्था यसपटक पनि कार्यान्वयन भएन

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । अगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् ।

शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएको जानकारी दिएको हो।

भट्टराईले भने- 'कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न सकेनौं ।'

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनी कारणले यस पटक पनि अन्तरजिल्ला मतदानको व्यवस्था नभएको बताए ।

जेनजी आन्दोलनपछि बनेको सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेसँगै रोजगारी, शिक्षा लगायतका विभिन्न कारणले आफ्नो मतदान क्षेत्र बाहिर रहेकाहरका लागि अन्तरक्षेत्र निर्वाचनको माग गरिएको थियो ।

गत पटक पनि यस्ता माग उठ्ने गरेका थिए । तर, यसपटक आन्दोनकारी जेनजी समूहहरूले समेत सरकारमार्फत निर्वाचन आयोगलाई त्यस्तो व्यवस्थाको लागि दबाब बढाएका थिए । तर, यसपटक पनि निर्वाचन आयोगले अन्तर क्षेत्ररअन्तर जिल्ला निर्वाचनको व्यवस्था गर्न सकेन ।

आम मतदातालाई यो व्यवस्था गर्न नसके पनि आयोगले अस्थायी मतदाता नामावली संकलन भने गरेको छ।

जसमा निर्वाचनमा खटिने प्रहरी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक समाबेश छन् ।त्यसैले उनीहरूबाहेक अन्य नागरिकले जिल्लाबाहिरबाट मतदान गर्न पाउनेछैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077