Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन प्रहरी प्रकरणले चिसियो नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्ध

निर्वाचन प्रहरी प्रकरणले चिसियो नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्ध

बिहिवार , पौष २४, २०८२

काठमाडौं । २१ फागुनका लागि तोकिएको निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी (म्यादी) मा भर्ना खोलेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरी एक लाख ३३ हजार नौ सय ९० पदका लागि भर्ना खुलाएको हो ।

यो वर्ष सशस्त्र प्रहरीलाई पनि १५ हजार एक सय १० निर्वाचन प्रहरी परिचालनको लागि अधिकार दिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एकैपटक भर्ना खोल्ने र त्यसमध्ये १५ हजार एक सय १० लाई सशस्त्र प्रहरीमा खटाउने समझदारी गृह मन्त्रालयमा भएको थियो।

तर, नेपाल प्रहरीले आफुले परिचालन गर्ने संख्याको मात्र विज्ञापन खोलेको छ। जसकारण दुई संगठनबिच सम्बन्ध चिसिएको छ। निर्वाचनको मुखमा यसरी दुई संगठनबीच असमझदारी बढेपछि त्यसको असर चुनावमा समेत पर्नसक्ने जाखिम देखिएको छ ।

निर्वाचन प्रहरी मापदण्डअनुसार हरेक जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि सिडिओको नेतृत्वमा समिति हुन्छ ।

सोही समितिले छनोट गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमा तालिममा पठाउने तयारी छ । तर, भर्नामै नै नेपाल प्रहरीले एकल गरेको छ।

त्यसो त सशस्त्र प्रहरीका लागि निर्वाचन प्रहरी किन आवश्यक पर्यो  भन्ने प्रश्न पनि सर्वत्र उठेको छ ।

कतै पोशाकको कमिसनकै लागि सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्न लागेको त होइन भन्ने समेत प्रश्न उठेको छ ।

अघिल्लो निर्वाचनको तुलनामा यसपटक करिब ३५ हजार धेरै निर्वाचन प्रहरी भर्ना गर्न लाग्दा सुरक्षा खर्च पनि बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077