Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्याल भन्छन्- म गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ

गृहमन्त्री अर्याल भन्छन्- म गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ

बिहिवार , पौष २४, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही पनि नगरेको भन्ने भाष्यप्रति आपत्ति जनाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने बताएका हुन् ।

गृहमन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे । आफू गृहमन्त्री बनेपछि देशमा हिंसा नभएको, आगजनी रोकिएको र राजनीतिक प्रकृतिका हत्या नघटेको दाबी गर्दै उनले सरकार निष्क्रिय रहेको भन्ने कथन गलत रहेको बताए ।

उनले भने- 'कतिपय कुरा परिवर्तनलाई स्वीकार गर्नुपर्छ । परिवर्तन स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो सुनिश्चितता यही सरकारले गरेको छ । हिंसा भएन, आगजनी रोकियो, मान्छे मर्न छोड्यो । यसलाई ‘केही पनि भएन’ भन्नु गलत भाष्य हो।'

उनले विधिको शासन मिचेर गरिएका काम सुशासन नहुने स्पष्ट पार्दै कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री अर्यालले जेनजी पुस्ताका एजेन्डा अन्तरिम सरकारको रोडम्याप भएको पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077