Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो [नामावलीसहित]

काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो [नामावलीसहित]

बिहिवार , पौष २४, २०८२

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने ३३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी अन्दाजी ५५र६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।

दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077