Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलन : बालेनले पनि पठाए जाँचबुझ आयोगमा लिखित जवाफ, प्रतिवेदन तयार हुँदै

जेनजी आन्दोलन : बालेनले पनि पठाए जाँचबुझ आयोगमा लिखित जवाफ, प्रतिवेदन तयार हुँदै

मंगलवार , पौष २२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि जाँजबुझ आयोगले मेयर साहलाई लिखित पत्र पठाएको थियो । साहले सोही पत्रको जवाफ पठाएको आयोगले जनाएको छ ।

आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखक, तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय प्रमुखलगायतका प्रहरी अधिकारी, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारी, तल्ल्लो तहका सुरक्षा अधिकारीहरूलगायतसँग बयान लिइसकेको छ ।

त्यसबाहेक आयोगले सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालिन गृहसचिव, मुख्यसचिवलगायतसँग पनि बयान लिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले पनि आफ्ना अधिकारीहरूका साथमा आयोगमा पुगेर बयान दिएका थिए । आयोगले सुरुमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग बयान लिएको थियो ।

आयोगले त्यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अरु तथ्यांकहरू संकलन गरेको थियो । आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भने लिखित जवाफ मात्रै पाएको छ । बयान दिन नजाने ओलीको अडानका कारण आयोगले लिखित जवाफमा चित्त बुझाउनु परेको हो ।

आयोगले त्यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अरु तथ्यांकहरू संकलन गरेको थियो । आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077