Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, यस्तो छ आजको विनिमयदर

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, यस्तो छ आजको विनिमयदर

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ ।

विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ पाँच पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ छ पैसा र बिक्रीदर ४७१ रुपैयाँ एक पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077