Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर र रूसी तेलको मुद्दामा मोदीलाई तनाव दिँदै ट्रम्प

कर र रूसी तेलको मुद्दामा मोदीलाई तनाव दिँदै ट्रम्प

सोमवार , पौष २१, २०८२

एजेन्सी । भेनेजुएलामा हवाई आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चर्चामा छन् ।

यतिबेला ट्रम्पको ध्यान भारततर्फ सोझिएको छ, जहाँ कर र रूसी तेल आयातको विषयले अमेरिका–भारत सम्बन्धमा पुनः तनाव सिर्जना गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयातबारे अमेरिकाको चिन्तालाई सम्बोधन नगरे भारतीय वस्तुहरूमा थप कर लगाइने चेतावनी दिएका हुन् । यस चेतावनीसँगै दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्ध फेरि चिसिने संकेत देखिएको छ।

रूसी तेल आयातको सन्दर्भमा ट्रम्पले भने, 'उनीहरू वास्तवमा मलाई खुशी पार्न चाहन्थे। प्रधानमन्त्री मोदी धेरै राम्रो मान्छे हुन्, एक असल व्यक्ति। उहाँलाई थाहा थियो कि म दुखी छु। मलाई खुशी पार्नु महत्त्वपूर्ण थियो। हामी तिनीहरूमा धेरै चाँडै कर बढाउन सक्छौं।'

युक्रेन युद्धपछि रुसबाट तेल आयात बढाएको भारतको नीतिले वासिङ्टन लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077