काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
जसको प्रभावले देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।