काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिएको छ।
उनलाई अपराह्न ५ः३० बजेको विमानमार्फत् नयाँ दिल्ली प्रस्थान गराइएको हो।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट दिउँसो करिब ३ बजे डिस्चार्ज गरिएपछि सुवेदीलाई सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो।
उनको उपचार नयाँ दिल्लीस्थित विशिष्टिकृत अस्पतालमा हुने बताइएको छ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार पिसाबमा संक्रमण (युरिनरी ट्र्याक्ट इन्फेक्सन) देखिएपछि सुवेदीलाई चार दिनअघि अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि थप जाँच तथा विशेष उपचार आवश्यक देखिएकाले विदेशमा उपचारका लागि लगिएको जनाइएको छ।