Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न पर्सा प्रशासनको अनुरोध

धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न पर्सा प्रशासनको अनुरोध

आइतवार , पौष २०, २०८२

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न सर्वसाधारणमा कडा अपिल गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता र राष्ट्रिय एकता खल्बल्याउने खालका गतिविधि नगर्न सचेत गराएका हुन्।

फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कुनै पनि धर्म, जात वा समुदाय विरुद्ध घृणा फैलाउने, अफवाह सिर्जना गर्ने र अपमानजनक सामग्री प्रकाशन गर्नु कानुनविपरीत रहेको प्रशासनले स्पष्ट पारेको छ। त्यस्ता कार्यमा संलग्न जो-कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए । सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए ।

उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो।  युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।

धनुषामा भएको सोही घटनालाई लिएर वीरगञ्जमा पनि आज बिहानैदेखि प्रदर्शन भइरहेको थियो। प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसैबीच नेपाल संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीसहित संघीय गणतान्त्रिक गठबन्धनको तर्फबाट धनुषा जिल्लाको कमला नगरपालिकामा ६ मा भएको घटनाले देशभर असामाजिक‚ अपराधिक र शान्ति सुरक्षामा खलल पुर्याउने‚ कानुनी राज्यको उल्लंघन गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।

image0 (1)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077