Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पुष्पलाल श्रेष्ठका पाँच रचनाहरू एकैपटक बजारमा

पुष्पलाल श्रेष्ठका पाँच रचनाहरू एकैपटक बजारमा

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका संकलित रचनाहरू समावेश पुस्तक नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास र पुष्पलाल छानिएका रचना १,२,३, ४ सार्वजनिक भएको छ।

पुष्पलालको जीवनकालमा भएको राजनीतिक घटनाक्रमलाई पुष्पलाल अध्ययन समाजले संकलन गरेको हो।

नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहासुमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको निर्माणको सकस र नालिबेली प्रस्तुत गरिएको छ।

यस्तै पुष्पलालर छानिएका रचना-१ मा वि.स २०१२ सालको दोस्रो सम्मेलनमा नेकपाको राजनितिक प्रस्ताव, वि.स २०१७ साल पौष १ गतेको घटना विरोध, वि.स २०१८ सालमा राष्ट्रको नाममा नेकपाको अपिल, नेपाल-भारत र प्रजातन्त्र विरुद्द राजाका सम्झौतालगायत वि.स २०१८-१९ सालसम्मका लेख, दस्तावेज, राजनितिक प्रतिवेदन, भाषण समेटिएका छन्।

त्यसैगी पुस्तक-२ मा वि.स २०१९ सालदेखी वि.स २०२५ सालको कम्युनिस्ट पार्टीको क्रान्तिकारी पुन गठन गर्न गरिएको तेस्रो ऐतिहासिक सम्मेलनसम्मको लेख दस्तावेज, नेपाली कांग्रेसको समाजवादको विवेचना, अमेरिकी साम्राज्यवाद र भियतनामी क्रान्ती, नेपाली जनआन्दोलन एक समीक , नेपालमा मातृसत्तात्मक समाजं नेकपाको अठार वर्षको सिहावलोकन, नयाँ जनवादी क्रान्ति भनेको के होरु नेपाल कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलनको ऐतिहासिक महत्व आदि समेटिएको छ।

पुस्तक-३ मा २०२५ देखि २०२९ सम्माका लेख रचना र दस्तावेज समावेश छन्। जसमा नयाँ जनवादी कार्यक्रम, पन्चायती व्यवस्थामा नेपाली कांग्रेसको आत्मसमर्पण, पन्चायती व्य्वस्था बहिष्कार गर्ने अपिल, राजतन्त्रको उत्पती तथा विकास र भविष्य , दस्तावेझरूको अध्ययन कसरी गर्ने लगायत विविध विषयहरू समेटिएका छन्।

पुस्तक-४ मा २०२९ देखि२०३५ सम्मका दस्तावेझरू, चौथो सम्मेलनको राजनितिक रिपोर्ट, नेकपा र यसको कार्यपद्दती, प्रगतिशिल बुद्धिजीवीको काम र कर्तव्य, समाजको विकास र शब्दार्थ, सिक्किममा प्रजातन्त्रको युग्को सुत्रपातलगायतका लेख रचना समावेश छन्।
ती पाँच पुस्तकको मूल्य ३ हजार ३ सय २० रहेको छ। पुस्तक लिपि प्रकाशनले बजारमा ल्याएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077