Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मादुरो दम्पतीलाई तत्काल रिहा गर्न अमेरिकालाई चीनको चेतावनी

मादुरो दम्पतीलाई तत्काल रिहा गर्न अमेरिकालाई चीनको चेतावनी

आइतवार , पौष २०, २०८२

एजेन्सी । चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई रिहा गर्न आग्रह गरेको छ।

आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दे राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तत्काल मुक्त गर्न वासिङ्टनसँग माग गरेको हो।

चीनको विदेश मन्त्रालयले भनेको छ- ‘चीन अमेरिकालाई राष्ट्रपति मदुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्ट्याउन बन्द गर्न र वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’

चीनले विज्ञप्तिमा अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता उल्लंघन गरेको टिप्पणी समेत गरेको छ।

भेनेजुएलाले अमेरिकामा लागुऔषध तस्करी गर्दै आएको आरोप लगाउँदै राष्ट्रपति मदुरोलाई शनिबार पक्राउ गरेका थिए ।

मदुरो गैरकानुनी रूपमा त्यहाँ निर्वाचित भएको भन्दै ट्रम्पले राजीनामा दिन दबाब दिँदै आएका थिए।

अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर अमेरिका पुर्‍याएको छ। अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ। अमेरिकाले मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।

अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा ४० जना सर्वसाधारण र सैनिकहरू मारिएका छन् ।

हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077